बृत्ति विकास भनेको के हो ? नेपालको निजामती सेवामा वृत्ति विकाससम्बन्धी के कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।


      पेशा‚ व्यवसाय‚ इलम‚ नोकरी आदिजस्ता कामलाई वृत्ति भनिन्छ । यही वृत्ति प्रगति एवं उन्नति हुने कार्यलाई वृत्ति विकास भनिन्छ । यो पेशाको बढोत्तरी हो‚ पेशामा हुने सकारात्मक एवं गुणात्मक परिवर्तन हो । निजामती सेवाको नायब सुब्बा‚ शाखा अधिकृत पदमा बढुवा हुने कार्य तथा समान पद भए पनि महत्वपूर्ण जिम्मेवारी भएको पदमा सरुवा हुने कार्य बृत्ति विकासको उदाहरण हो । बढुवा‚ उपयुक्त स्थानमा सरुवा‚ पदस्थापन‚ तलब भत्ता‚ थप शैक्षिक अवसर‚ तालिम‚ अध्ययन भ्रमण आदि बृत्ति विकासका महत्वपूर्ण पक्ष हो । वृत्ति विकास Vertical‚ Horizontal वा दुवै हुन सक्दछन ।

नेपालको निजामती सेवामा वृत्ति विकाससम्बन्धी व्यवस्था

      नेपालको निजामती सेवामा निजामती सेवा ऐन‚ २०४९ तथा निजामती सेवा नियमावली‚ २०५० अनुसार वृत्ति विकाससम्बन्धी निम्नानुसार व्यवस्था छ :
-     सेवा‚ समुह‚ उपसमुहको व्यवस्था र सोहीअनुसार सरुवा बढुवाको व्यवस्था‚
-     सरुवाका आधार‚ बढुवाका आधार‚ रिक्त पदमा पदपूर्ति गर्ने प्रक्रिया‚अवकाशका आधारजस्ता पक्ष कानुनबाट प्रष्ट गरिएको‚
-     निजामती सेवाको रिक्त पदमा खुला प्रतियोगितात्मक परीक्षा‚ आन्तरिक प्रतियोगितात्मक परीक्षा‚ कार्यक्षमताको मूल्यांकन र कार्यसम्पादन तथा अनुभवको मूल्याङंकनबाट हुने बढुवा समायोजनद्वारा पदपूर्ति गरिने व्यवस्था‚
-   निजामती सेवालाई समावेशी बनाउन आरक्षणको व्यवस्था‚
-  शैक्षिक योग्यता‚ तालिम र अनुभवको आधारमा पदस्थापना गर्ने व्यवस्था‚
-    तलब भत्ता‚ उपदान‚ निवृत्तिभरणको व्यवस्था‚
-     स्वदेश विदेशमा अध्ययन‚ तालिम‚ अध्यापन भम्रण सम्बन्धी व्यवस्था‚
-     सेवाको सुरक्षा‚ सेवा शर्तको सुरक्षा‚

-    सजाय र पुरस्कारसम्बन्धी स्पष्ट कानुनी व्यवस्था । 
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages