लोकसेवा आयोगको लिखित परिक्षा स्थगित तथा दरखास्त दिने म्याद थप गरिएको सूचना

लोक सेवा आयोग
सूचना तथा प्रकाशन शाखा
रा.प. अनं. प्रथम श्रेणी नायव सुब्बा वा सो सरह (प्राविधिक/अप्राविधिक) पदहरुको
लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको सूचना
सूचना नं.: ८७५ /०७१–७२
मिति २०७२।१।२५, २६ र २७ मा रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदको संयुक्त र एकीकृत परीक्षा प्रणाली अनुसार सञ्चालन हुने तथा सो पश्चात् सञ्चालन हुने गरी निर्धारण गरिएका स्वास्थ्य सेवाका पाँचौं तह तथा रा.प.अनं. प्रथम श्रेणी तर्फ प्राविधिक नायब सुब्बा वा सो सरहका सबै पदहरुको पूर्वनिर्धारित लिखित परीक्षा कार्यक्रमहरु प्राकृतिक प्रकोपजन्य विनाशकारी महाभुकम्पका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । साथै, उक्त लिखित परीक्षा कार्यक्रमहरु परीक्षा शुरु हुनुभन्दा कम्तीमा १५ दिन अगाडि प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।





लोक सेवा आयोगको सूचना
केन्द्रीय कार्यालय, अनामनगर
(सूचना तथा प्रकाशन शाखा)
प्राविधिक खरिदार वा सो सरह पदको लागि दरखास्त दिने म्याद थप गरिएको सूचना
सूचना नं. : ८७४/०७१–७२
आयोगको मिति २०७१।१२।२५ गते बुधबारको सूचनापत्र तथा गोरखापत्रमा प्रकाशित स्वास्थ्य सेवाका चौथो तह तथा राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरह (प्राविधिक) पदका विज्ञापनहरुको दरखास्त दिने अन्तिम मिति २०७२।१।१५ सम्म साथै दोब्बर दस्तुर तिरी दरखास्त दिने अन्तिम मिति २०७२।१।२२ सम्म कायम गरिएकोमा प्राकृतिक प्रकोपजन्य विनाशकारी महाभूकम्पका कारण जनधनको क्षति भई राष्ट्रिय विपद्को समेत घोषणा भएको तथा भूकम्प आउने क्रम समेत नरोकिएका कारण सम्भावित जोखिम तथा सुरक्षा स्थितिलाई मध्यनजर गर्दै दोब्बर दस्तुर नलाग्ने गरी दरखास्त दिने अन्तिम मिति २०७२।१।२९ सम्म कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Share:

No comments:

Post a Comment

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Blog Archive

Pages