संगठनमा
कार्यरत जनशक्तिको ज्ञान बढाउने‚ सीप सिकाउने तथा धारणामा सकारात्मक परिवर्तन
ल्याउने कार्य मानव संशाधन विकास हो । यो कर्मचारीको क्षमता अभिबृद्धि गर्ने कार्य
हो । यसमा Operating Level का कर्मचारीलाई सोहीसम्बन्धी तालिम तथा Management
Level का व्यवस्थापकलाई व्यवस्थापन विकास तालिम दिइन्छ । मानव संशाधन
व्यवस्थापनका कार्य जस्तैः मानव संशाधनको प्राप्ति‚ विकास‚ उपयोग र सम्भारमध्ये
मानव संशाधन विकास एक महत्पूर्ण कार्य हो । मानव संशाधन विकासको यस अर्थबाट पिन
यसका केही विशेषता बुझ्न सकिन्छ । अरु विशेषताहरु निम्न छनः
कम्प्यूटर प्रणाली भनेको के हो ? कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्वबारे छोटकरीमा लेख्नुहोस् ।
संकलन गरेका
कच्चा सूचना तथा तथ्यांकको प्रवेश गराई प्रशोधनमार्फत उत्पादन गरी सोको व्यवस्थित
भण्डारण ( Input, Processing, Output, Store) गर्ने विद्युतीय उपकरणलाई कम्प्यूटर प्रणाली
भनिन्छ । नेपालीमा यसलाई सुसाङ्ख्य भनिन्छ । कार्यालयको काम कारवाहीलाई छिटो छरितो
बनाउन‚ सेवा प्रवाहमा गुणस्तर बढाउन‚ Paperless Office को
अवधारणा लागू गर्न तथा कार्यालयलाई आधुनिक बनाउन समेत यसले सहयोग गर्दछ ।
कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्व
सेवा प्रदान
गर्ने स्थान कार्यालय हो । कार्यालयको निश्चित उद्देश्य हुन्छ । उही उद्देश्य
प्राप्ति गर्न कार्यालयले योजना तर्जुमा गर्ने‚ संगठन गर्ने‚ समन्वय गर्ने‚ नियन्त्रण
गर्ने‚ साधन स्रोतको परिचालन गर्ने गर्दछ । कार्यालयले गर्ने उपरोक्त कार्य
कार्यालय व्यवस्थापन हो । कार्यालय व्यवस्थापनले गर्ने यस सूचना र तथ्यांकको आवश्यकता
पर्दछ । त्यही सूचना र तथ्याङकको संकलन‚ प्रशोधन‚ उत्पादन एवं भण्डारणको कार्य
कम्प्यूटर प्रणालीले गर्दछ । समग्रमा कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको
आवश्कता र महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
Þ कार्यालयको
नीति निर्माण‚ योजना तर्जुमा एवं निर्णय गर्नका लागि भरपर्दो सूचना उपलब्ध गराउन‚
Þ कार्यालको काम
कारवाहीलाई पारदर्शी एवं आवश्यकताअनुसार गोपनियता कामग गर्न‚
Þ अभिलेख
कार्यलाई थप व्यवस्थित बनाउन‚
Þ भविष्यमा
खोजेको बखत तुरुन्तै पाउने गरी Document सुरक्षित राख्न‚
Þ आवश्यक परेको
समयमा प्रमाणको रुपमा कागजात जुटाउन‚
Þ कार्यालयमा
सूचना सजिलै उपलब्ध गराउन‚
Þ खोजेको समयमा
कागजात सजिलै प्राप्त गरी समय‚ श्रम र साधन स्रोतको वचत गर्न‚
Þ नयाँ
कर्मचारीलाई कार्य गर्न सजिलो बनाउन‚
Þ कार्यालयको
कुशल व्वस्थापन गर्ने कार्यमा मद्दत गर्न‚
Þ कार्यालयको
समग्र प्रगति प्रतिवदेन बनाउने कार्यलाई व्वस्थित गर्न‚ आदि ।
संवैधनिक अंग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधनिक अंग छन् ? लेख्नुहोस् ।
कार्यपालिका‚
व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका निकायहलाई संवैधानिक
अंग भनिन्छ । संवैधानिक अंगका काम‚ कर्तव्य‚ अधिकार‚ तिनमा रहने पदाधिकारीको
संख्या‚ तिनको नियुक्ति एवं बर्खास्तीको व्यवस्था पनि संविधानमा उल्लेख गरिएको
हुन्छ । संवैधानिक अंग स्वतन्त्र‚ स्वायत्त‚ तटस्थ एवं निष्पक्ष हुने गर्दछ ।
सरकारको कामकारवाहीमा स्वच्छता ल्याई जनमुखी बनाउन‚ जनताका हक अधिकारको रक्षा गर्न‚
सत्तारुढ दलबाट हुन सक्ने शक्ति र सत्ताको दुरुपयोग रोक्न‚ सरकारी खर्चको दुरुपयोग
रोकी पारदर्शिता ल्याउन तथा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न संवैधानिक
अंगको आवश्यकता पर्दछ ।
नेपालमा भएका संवैधानिक अंग
नेपालको
अन्तरिम संविधान‚ २०६३ अनुसार हाल नेपालमा निम्न ६ वटा संवैधानिक अंगहरु रहेका छन्
१. लोकसेवा आयोग
२. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
३. महालेखा परीक्षक
४. राष्ट्रिय मानव अधिकार आयोग
५. निर्वाचन आयोग
६. महान्यायाधिवक्ता
२०७१ फागुन २७ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तर
१. नेपालको सांगीतिक रियालिटी सो नेपाली तारा-३ (वि.सं.
२०७१ फागुन २२ मा काठमाण्डौंमा सम्पन्न) को उपाधि जित्ने प्रतिभा को हुन् ?
- प्रताप लामा (फस्ट रनर अप इटहरीका देवेश राई र सेकेण्ड
रनर अफ चितवनका सुरेश लामा)
२. सन् २०१४ डिसेम्बरमा संयुक्त राष्ट्रसंघीय जलवायु
परिवर्तनसम्बन्धी बीसौं सम्मेलन (कोप-२०) कहाँ सम्पन्न भयो ?
- लिमा‚ पेरु (उक्त सम्मेलनले लिमा कल फर क्लाइमेट
एक्सन-२०१४ जारी गरेको ।)
३. अन्तर्राष्ट्रिय नारी दिवस कहिले मनाइन्छ ?
- मार्च ८ (लैंगिकमैत्री संविधान‚ महिला हिंसाको निदान –
राष्ट्रिय नारा तथा ‘Empowering Women Empowering Humanities‚ Picture It’ –
अन्तर्राष्ट्रिय नाराका साथ सन् २०१५ मार्च ८ मा १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस
मनाइयो ।)
४. वि.सं. २०७१ फागुन २३ मा सम्पन्न १७ औं संस्करणको बुढाशुब्बा
गोल्डकपको उपाधि कसले जित्यो ?
- एपीएफ क्लब (उपविजेता मानङ मस्याङदी कल्ब)
५. H1N1 भाइरसका कारण
हुने स्वाइन फ्लू रोगलाई अर्को के नामले चिनिन्छ ?
- टाइप ए इन्फ्लुएन्जा
६. एईसीसी मिस नेवा- ११३५ को उपाधि जित्ने युवती को हुन् ?
- सरिना स्थापित
७. वि.सं. २०७१ फागुन २२ मा नेपालका कुन स्रष्टाको तस्वीर
अंकित चाँदीको सिक्का विमोचन गरियो ?
- संस्कृतिविद सत्यमोहन जोशी
नायब शुब्बाको लागी केही महत्वपूर्ण सामान्यज्ञान
१. छोरी ज्वाईलाई अंश दिने चलन
कुन जातिमा रहेको छ ?
– दुरा
२. कुन राणा
प्रधानमन्त्रीकोपालादेखि विदेशमा नेपाली राजदुत राख्न थालिएको हो?
– जुद्ध शमशेर
३. विश्वको पहिलो नगदेबाली के लाई मानिन्छ ?
– चिया
४. विश्वमा देखिएको स्वाईन फ्लु कुन जिवाणुका कारण
लाग्ने गरेको छ ?
– H1N1
५. वि सं २०३७ सालको जनमत संग्रह पछ कसको अध्यक्षतामा
संविधान सुधार सुझाव आयोगको गठन भएको थियो ?
– वासुदेव शर्मा
६. टेक्निकल हिमाल भनेर नेपालको कुन हिमाललाई चिनिन्छ ?
– अमादब्लम
७. सर्वप्रथम नोबेल पुरस्कार अस्विकार गर्ने व्यक्ति को
हुन् ?
– जर्ज बर्नाड शाह
८. गुप्तेस्वर गुफा कुन जिल्लामा पर्दछ ?
– पर्वत
९. नेपालको सर्वोच्च अदालतले कहिले देखि नकारात्मक
भोटिङ्गको व्यवस्था लागू गर्ने गरी आदेश जारी गरेको हो ?
– वि.सं २०७१ पौष २१ गते
१०. काठमाडौ उपत्यकामा महिला मैत्री बस सेवा कहिलेबाट
सञ्चालन भएको हो ?
– वि.सं २०७१ पौष २० गते
लैंगिक बजेट भनेको के हो ? लैगिक बजेटका उद्देश्यहरु उल्लेख गर्नुहोस् ।
महिला र
पुरुषवीच समानता कायम गर्नका लागि सार्वजनिक साधनस्रोतको न्यायोचित विनियोजन गर्ने
कार्यलाई लैंगिक बजेट (Gender Budget) भनिन्छ । यो महिलाको लागि
छुट्टै बजेट भने होइन । यो यस्तो बजेट वा कार्यक्रम वा आयोजना हो‚ जसले आयोजनाको
तर्जुमा‚ कार्यान्वयन‚ अनुगमन‚ र मूल्याङ्कन तथा आयोजनाको प्रभाव मूल्याङ्कन सबै
पक्षमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता गराई उनीहरुको जीवनमा सकारात्मक
परिवर्तन ल्याउन मद्दत गर्दछ । नेपालमा आ.व. २०६४/६५ देखि लैंगिक बजेट लागू गरिएको
छ ।
नेपालका प्रमुख धार्मिक स्थलहरु
१. गोसाईकुण्ड
बागमती अञ्चलको रसुवा जिल्लामा पर्ने
हिन्दुहरुको पवित्र तीर्थस्थलको रुपमा रहेको गोसाईकुण्ड समुद्र सतहदेखी ४३६०
मिटरको उचाइमा अवस्थित छ । चारैतिरबाट मनोरम पहाडहरुले घेरीएको यो ठाउँ अति नै
सुन्दर र रमणिय छ । यहाँ जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ । भगवान शिवले
त्रिशुल प्रहार गरी निस्केको पानी जम्न जाँदा यो कुण्ड निर्माण भएको विश्वास
गरिन्छ । गोसाईकुण्डका अतिरिक्त यहाँ सरस्वतीकुण्ड‚ भैरवकुण्ड‚ सूर्यकुण्ड‚ गणेशकुण्ड लगायतका ९ वटा कुण्डहरु रहेका छन् । नेवारहरु
गोसाईँकुण्डलाइ शिलुतीर्थ भन्ने गर्दछन् । त्रिशुली नदीको उत्पति यही
गोसाईँकुण्डबाट भएको हो ।