नेपालको अन्तरिम संविधान‚ २०६३ अनुसार राष्ट्रिय सुरक्षा परिषद्को गठन‚ काम‚ कर्तव्य र अधिकारबारे लेख्नुहोस् ।


      नेपालको अन्तरिम संविधान‚ २०६३ को धारा १४५ मा राष्ट्रिय सुरक्षा परिषद्को गठन‚ काम‚ कर्तव्य र अधिकारको व्यवस्था छ ।

राष्ट्रिय सुरक्षा परिषद्को गठन

      राष्ट्रिय सुरक्षा परिषद्मा देहायबमोजिमका अध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ :
(क) प्रधानमन्त्री     - अध्यक्ष
(ख) रक्षा मन्त्री      - सदस्य
(ग) गृह मन्त्री       - सदस्य
(घ) मन्त्रिपरिषद्मा रहेका राजनैतिक दलहरुमध्ये फरक- फरक दलको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीले तोकेको तीनजना मन्त्री            - सदस्य
- प्रधानमन्त्री र रक्षा मन्त्री एकै व्यक्ति रहेको अवस्थामा मन्त्रिपरिषद्को वरिष्ठतम सदस्य राष्ट्रिय सुरक्षा परिषद्को सदस्य हुने‚
- राष्ट्रिय सुरक्षा परिषद्को सचिवको काम रक्षा मन्त्रालयको सचिवले गर्ने र निजको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको अधिकृतले गर्ने‚

राष्ट्रिय सुरक्षा परिषद्को काम‚ कर्तव्य र अधिकार


-    नेपाली सेनाको परिचालन‚ सञ्चालन र प्रयोग गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्ने‚
Share:

कार्यपालिका भनेको के हो ? कार्यपालिकाले गर्ने कार्यहरु उल्लेख गर्नुहोस् ।-


      राज्यको कानुन कार्यान्वयन गराउने मन्त्रीहरु सहितको मन्त्रिपरिषद्लाई कार्यपालिका भनिन्छ । यसलाई सरकार पनि भनिन्छ । यस अन्तर्गत सरकार प्रमुख अर्थात प्रधानमन्त्री‚ मन्त्री‚ निजामती सेवा‚ सेना- प्रहरीजस्ता निकायहरु पर्दछन् । कार्यपालिकालाई वास्तविक रुपमा प्रशासन पनि भन्न सकिन्छ । कार्यपालिकाको गठन मुख्यरुपमा दुई प्रकारले हुने गर्दछ । संसदीय शासन प्रणाली भएका मुलक जस्तै : बेलायत‚ भारत‚ बंगलादेश‚ नेपालमा चुनावमा बहुमत प्राप्त दलको नेतालाई संसदको बहुमतद्वारा प्रधानमन्त्रीमा नियुक्त गरी प्रधानमन्त्रीले मन्त्रीपरिषद्को गठन गर्ने व्यवस्था हुन्छ । राष्ट्रपतीय शासन प्रणाली भएका मुलुक जस्तै : अमेरिका‚ जर्मन‚ फ्रान्समा जनताद्वारा राष्ट्रपतिको सिधै निर्वाचन भई राष्ट्रपतिले सरकारको गठन गर्ने व्यवस्था हुन्छ ।

कार्यपालिकाले गर्ने कार्यहरु

-   -  देशमा शान्तिसुरक्षा कायम गर्ने‚ देशको रक्षा गर्ने‚ प्रतिरक्षा गर्ने‚
-   -  राष्ट्रिय नीतिहरुको तर्जुमा गरी कार्यान्वयन गर्ने‚
-    - संसदले बनाएका कानुन लागु गर्ने‚
-   -  सांसदले दिएको अख्तियारभित्र रही संविधान अनुकूल हुने गरी नियम‚ बिनियम बनाउने‚
-   -  आय व्ययको विवरण बजेट तयार गरी संसदमा पेश गर्ने‚ संसदबाट बजेट पारित गराई लागू गर्ने‚
-    - अन्तर्राष्ट्रिय निकायमा देशको प्रतिनिधित्व गर्ने‚ कूटनीतिक सम्बन्ध कायम गर्ने‚
-  -  राज्य सञ्चालनका लागि नियमित‚ आकस्मिक र विकासात्मक कार्य गर्ने‚

-  -  जनहितका लागि लोककल्याणकारी कार्य गर्ने । 
Share:

नेपालमा राजनैतिक विभाजन गर्दा लिइएका आधारहरु के के हुन् ? लेख्नुहोस् ।


      राजनैतिक विभाजन अन्तर्गत हाल नेपाललाई ५ विकास क्षेत्र‚ १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको छ । यसरी विभाजन गर्दा निम्न आधारहरु लिइएको पाइन्छः-
१. भौगोलिक आधार : हिमाल‚ पहाड‚ तराई
२. नदीको आधार : नारायणी‚ गण्डकी‚ बाग्मती आदि
३. जनसंख्याको स्थिति
४. जातजातिको बसोबास‚ विविधता‚ एकरुपता
५. सामाजिक सांस्कृतिक विविधता‚ एकरुपता
६. विकेन्द्रिकरण
७. सन्तुलित विकास
८. साधन स्रोत परिचालन र वितरण
Share:

२०७१ चैत्र ११ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत / छोटा प्रश्नोत्तरहरु


१. वि.सं. २०७१ चैत्र ५ मा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा को नियुक्त भएका छन् ?
- डा. चिरञ्जीवी नेपाल
२. ब्लुमवर्ग फिलान्थ्रोपिज अवार्ड फर ग्लोबल टोबाको कन्ट्रोल-२०१५ नामक अवार्डबाट सम्मानित हुने राष्ट्र कुन हो ?
- नेपाल
३. विश्व पानी दिवस कहिले मनाइन्छ ?
- मार्च २२
४.  फ्लिकल्चर एसोसिएशन नेपालको आयोजना तथा कृषि विकास मन्त्रालयको सहयोगमा वि.सं. २०७१ चैत्र ७ देखि १० सम्म १८ औं पुष्प व्यापार मेला कहाँ सम्पन्न भयो ?
- काठामाण्डौं
५. नेपाल बार एसिसएशनद्वारा वि.सं. २०७१ चैत्र ५-७ सम्म आयोजित १३ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन १५ बुँदे घोषणापत्र पारित गर्दै कहाँ सम्पन्न भयो ?
- रत्ननगर‚ चितवन
६. निम्न मध्ये कुन भनाइ सही छ ?
क) चर्चित उपन्यास ह्यारी पोर्टरकी लेखीका जेके रोलिङ २०७१ चैत्र ७ मा काठमाण्डौं आएकी थिइन ।
ख) उनको जन्म बेलायतमा भएको हो ।
ग) जेके रोलिङको बाल्यकालको नाम जोआन क्याथलिन थियो ।
- क‚ ख र ग सबै ठीक
Share:

२०१५ को विश्वका सबैभन्दा सुखी र खुसी १० देशहरु

         
 कुनैपनि देशका जनताहरुको सुख र खुसीलाई निर्धारण गर्ने तत्वहरु के के होलान् ? यसका विभिन्नखाले मापदण्ड हुनसक्छन् । आर्थिक विकाश तथा सहयोग संगठन ओइसिडीले विभिन्न तत्वहरुलाई आधार मान्दै धर्तीका सबैभन्दा सुखी तथा खुसी देशहरुको सूचि सार्वजनिक गरेको छ । ओइसिडीले शिक्षा, रोजगारी, जिवनप्रतिको सन्तुष्टि, आय, स्वास्थ्य तथा वातावरण लगायतका सूचकहरुलाई आधार मानेर तयार पारेको राम्रो जिवन सूचकांक अर्थात् बेटर लाइफ इन्डेक्स अनुसार स्विजरल्याण्ड सबैभन्दा खुसी तथा सुखी देशको रुपमा रहेको छन् ।
विश्वका टपटेन सुखी र खुसी देशहरु यस्ता छन्-
१. स्विजरल्याण्ड- सानो र सुन्दर देश स्विजरल्याण्ड यो धर्तिका सबैभन्दा खुसी मानिसहरु बस्ने देशको रुपमा दरिएको छ । जिवन सन्तुष्टि मापनमा कुल दश अंकमा स्विजरल्याण्डले ७.८ अंक पाएको छ । जम्मा २.९ प्रतिशत गरिबीको दर रहेको स्विजरल्याण्डका कामकाजी जनताले उच्च तलबभत्ता पाउँछन् भने सरकारले लगाउने कर निकै न्युन छ । अपराधको दर निकै कम छ । ८६ प्रतिशत प्रौढहरुले उच्च शिक्षा लिएका छन् । शिक्षा र स्वास्थ्य सेवा सस्तो छ । स्विस जनताको औषत आयु ८३ वर्ष छ ।
Share:

नायव शुब्बा तथा खरिदारका लागी १५० भन्दा बढी बस्तुगत प्रश्नोत्तर

१. चुरे श्रृखंलाको अग्लो टाकुरा गार्मा कहाँ पर्दछ ?
कैलाली
२. नेपालमा मुस्ताङपछि दोस्रो कम पानी पर्ने जिल्ला कुन हो ?
संखुवासभा
३. कोदो रोप्ने र टिप्ने समयमा मगर समुदायले नाच्ने नाचलाई के भनिन्छ ?
पाङ्दुरे
४. प्रधानन्यायाधिशको पदावधी कति बर्षको हुन्छ ?
६ बर्ष
५. सुचनाको हक नेपालको अन्तरिम संविधानको कति धारामा उल्लेख रहेको छ ?
धारा २७
६. कुन सार्क मुलुकमा दोहोरो नागरिकताको व्यवस्था छ ?
 - Bangladesh 
७. हरेक दिन कति टन "Carbondioxide" समुन्द्रमा घुलिने गर्छ
२ करोड ४० लाख
८. हाल विश्वमा कति देशमा 'पाटे बाघ' पाइन्छ?
- (सन् २०१४ को तथ्याङ्क अनुसार) 
. कोहिनूर हिरा कति Carat को हुन्छ ?
- १०८ 
१०. जमिन भासिएर भन्ने खाल्डो लाई वैज्ञानिक भाषामा के भनिन्छ ?
-  Sink Hole
Share:

जलवायु परिवर्तन नीति‚ २०६७ ले लिएका उद्देश्यहरु के के हुन् ? लेख्नुहोस् ।


   जलवायु परिवर्तन नीति‚ २०६७ ले लिएका उद्देश्यहरु निम्न छनः
१. जलवायु परिवर्तन सम्बन्धी सवाललाई सम्बोधन गर्न एक सक्षम एवं प्रभावकारी प्राविधिक संस्थाले स्थापना गर्दै विद्यमान संस्था/निकायहरुलाई समेत सुदृढ एवं सक्षम बनाउँदै लग्ने‚
२. जलवायु अनुकूलन सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयन गर्ने तथा प्रतिकूल प्रभावको न्यूनीकरण गर्दै सकारात्मक प्रभावबाट अधिकतम फाइदा लिने‚
३. स्वच्छ ऊर्जा जस्तै जलविद्युत‚ पुनर्नवीकरणीइ तथा बैकल्पिक ऊर्जाको प्रयोग बढाउने तथा ऊर्जा दक्षता अभिबृद्धि एवं हरित प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै हरितगृह ग्यासकव उत्सर्जन न्यून गर्ने‚
४. प्राकृतिक स्रोत साधनको महत्तम उपयोग एवं सोको कुशल व्यवस्थापनका लागि स्थानिय समुदायको जलवायु अनुकूलन एवं समानुकूलन क्षमता अभिबृद्धि गर्ने‚
Share:

फेसबुकमा लाेकसेवा सहयोगी

नेपाली पात्रो

Popular Posts

Pages