Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts
अोस्कार एवार्ड २०१६
हलिउड सुपरस्टार
लियोनार्डो डिक्याप्रियोले आफ्नो पहिलो ओस्कर अवार्ड जितेका छन् । संसारकै सबभन्दा
ठूलो फिल्म अवार्ड मानिने ओस्करमा लियोनार्डोले ‘दि
रेभेनान्ट’का लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन् ।
आफ्नो पाँचौं मनोनयनमा उनले यो अवार्ड जितेका हुन् ।
‘द रुम’का लागि ब्री
लार्सनले उत्कृष्ट अभिनेत्रीको ओस्कर पाइन् । उत्कृष्ट फिल्ममा भने ‘स्पटलाइट’ले बाजी मार्यो ।
टम म्याकार्थीले निर्देशन गरेको यो फिल्म पत्रकारहरुको एउटा टिमले गरेको खोजमुलक
रिर्पोटिङको कथामा आधारित छ ।
गुल्मीका प्रजिअ कँडेल, इन्ट्रिग्रिटी आइडल नेपाल–२०१५
गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल
इन्ट्रिग्रिटी आइडल नेपाल–२०१५ घोषित भएका छन् । जवाफदेहीता र पारदर्शिताको
क्षेत्रमा कार्यरत सामाजिक संस्था एकाउन्टिबिलिटी ल्याब नेपालले ‘इमान्दार र जवाफदेही राष्ट्र सेवकलाई दुई
बर्षदेखि प्रदान गर्दै आएको यो अवाड आधा दर्जनभन्दा बढी जिल्लामा जनतालाई प्रदान
गरेको सेवा र भोटिङका आधारमा प्रजिअ कँडेलले अवार्ड जितेका हुन् । आइतबार
राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान, सहकारी तथा गरिबी
निवारणमन्त्री चित्रबहादुर केसीले इन्ट्रिग्रिटी आइडल नेपालको ट्रफी प्रदान गर्दै
कँडेललाई सम्मान गरेका थिए ।
पर्यटन गन्तव्यका लागि नेपाल विश्वको उत्कृष्ट सूचीमा
सन् २०१६ को पर्यटन गन्तव्यका लागि
नेपाल विश्वको उत्कृष्ट देशको सूचीमा पहिलो नम्बरमा परेको छ ।
बेलायतको ट्राभल गाइड बुक ‘रफ गाइड’ले विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक
गर्दै नेपाललाई पहिलो नम्बरमा राखेको हो ।
रफ गाइडले लेखेको छ, विध्वंशकारी भुकम्पर
त्यसपछिका पराकम्पका कारण प्रभावित बनेको नेपालको पर्यटन उद्योग पुनः विस्तारै
माथि उठ्ने क्रममा रहेको छ ।
भुकम्पपछि पदयात्रामार्ग खुलेको, हिम श्रृङ्खला, जंगली जनावरहरु बाघ, हात्ति, गैडा लगायत विविधता
भरिपूर्ण नेपाल पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ ।
निमावि र माविको विज्ञापन फागुनभित्र खुल्ने
शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको स्थायी शिक्षकको
विज्ञापन फागुनभित्र खुलाउने भएको छ ।
आयोगका कार्यकारी अधिकृत लक्ष्मीराम पौडेलले ०७१ असारदेखि गत असारसम्म
खाली रहेको दरबन्दीमा विज्ञापन गर्न लागेको बताए ।
प्राथमिक तहमा खाली रहेको दरबन्दी पुरा गर्न विज्ञापन खुलाउने मिति
भने अझै अनिश्चित छ । शिक्षा विभागले प्रावि तहमा दरबन्दी मिलान नगर्दा ढिलाई भएको
हो । विभागका अनुसार २९ हजार प्राथमिक विद्यालयमा ८० हजार दरबन्दीका स्थायी शिक्षक
छन् । त्यस्तै २० हजार भन्दा बढी राहतका शिक्षक छन् । प्राविका शिक्षकलाई निमाविमा
समेत समायोजन गर्ने योजना अघि नबढेसम्म विज्ञापन खोल्ने प्रक्रिया रोकिने विभाग
स्रोतले जनाएको छ । प्राविमा आर्थिक वर्ष ०६९/७० पछि रिक्त दरबन्दीमा विज्ञापन भएको छैन ।
स्पेनी सुन्दरी बनिन् मिस वर्ल्ड २०१५
मिस वर्ल्ड
२०१५
को
ताज
स्पेनकी
सुन्दरी
मेरिया
लालगुना
रोयोले
जितेकी
छन्
।
चीनको
सान्यामा
भएको
प्रतियोगितामा
२३
वर्षिया
स्पेनी
सुन्दरी
टप
मोडल
भइन्
भने
‘ब्युटी
विथ
पर्पस’को
उपाधि
इन्डोनेसियाकी
सुन्दरीले
जितिन्
।
दोस्रो
स्थानमा
रुसकी
सोफिया
निकिचुक
र
तेस्रोमा
इन्डोनेसियाकी
मारिया
हरफान्ती
आए
।
उत्कृष्ट ५ मा स्पेन, रुस, इन्डोनेसिया, लेवनान र जमैकाका सुन्दरी परे । विश्व सुन्दरीको ताजका लागि सोधिएको प्रश्नमा स्पेनकी सुन्दरीले बाहिरी रुपमा कुनै मान्छे सुन्दर हुँदैमा ऊ भित्री मनले पनि सुन्दर हुँदैन भन्न नमिल्ने तर्क गरेकी थिइन् । प्रतियोगितामा सहभागी नेपाल सुन्दरी इभाना मानन्धरले कुनै
उपाधि जितिनन् । मिस वर्ल्डको यो ६५ औं संस्करण हो ।
मानव विकास सूचांकमा नेपाल झन् पछाडि
नेपालको पछिल्लो राजनीतिक अवस्था, भूकम्प र केही
समयदेखि जारी तराई केन्द्रित आन्दोलनको असर संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम
(यूनएनडीपी) ले जारी गर्ने प्रतिवेदनमा देखिएको छ। यूएनडीपीको मानव विकास
सूचकांकमा नेपाल अघिल्लो वर्षभन्दा तल झरेको हो। अझै भारतीय नाकाबन्दीले पारेको
अर्थतन्त्रको असर पछिल्लोमा देखिने छ।
योपल्ट नेपाल गत वर्षभन्दा एक स्थान तल झरेको छ। अघिल्लो वर्ष १ सय ४५
औं स्थानमा रहेको नेपाल १ सय ४६ औं स्थानमा पुगेको हो। मानव विकासको सूचकांकको
सबैजसो इन्डिकेटरमा नेपाल एक स्थान तल झरे पनि केही आधारमा भने उही स्थानमा रहेको
छ। नेपालभन्दा पछाडि पाकिस्तान र अगाडि केन्या छन्।
विश्वको मानव सूचकांकमा नेपाल यस पटक ०.५४८ अंकमा छ। नेपाल दक्षिण
एसियामा भारत, श्रीलंका, माल्दिभ्स र
बंगलादेशभन्दा पछि देखिएको छ। नेपालभन्दा तल पाकिस्तान र अफगानिस्तान छन्।
न्यून मानव विकास देशहरूको सूचीमा पहिलो नम्बरमा रहेको नेपाल यो वर्ष
दोस्रोमा परेको छ। मानव विकासमा नेपालभन्दा अफ्रिकी मुलुक केन्या रहेको छ।
यूएनडीपीको उक्त प्रतिवेदनमा नेपालको सुधार हुन सक्ने स्थानहरूको पहिचान प्रशस्त
गरिएको छ। युवा परिचालन, कृषिको आधुनिकीकरण,
राजनीतिक स्थायित्वमा देखिएको सकारात्मक पक्ष, विकास कार्यक्रममा नेपालीको चाहनालगायत छन्।
नेपालमा संविधान जारी भएको अवस्था, सरकारमा दिगोपना र
केही विकास परियोजना अघि बढ्न सकेको भए नेपालको स्थिति सुधार हुने देखिएको थियो। १
सय ८८ देशमध्ये नेपाल सुधार हुने अवस्थामा थियो। सरकारले पनि सन् २०२२ सम्म
नेपाललाई अल्पविकसित मुलुकबाट माथि उठाउने प्रण गरेको थियो। पाकिस्तान, अफगानिस्तान, हाइटी, सुडानजस्ता देश नेपालभन्दा तल्लो स्थानमा रहेकोबाट
पनि नेपालको राम्रो संकेत देख्न सकिन्छ।
हरेक वर्षको अन्त्य वा नयाँ वर्षलगत्तै शिक्षा, स्वास्थ्य, प्रतिव्यक्ति
आयजस्ता विषयका तथ्यांक केलाएर यूएनडीपीले मानव विकास सूचकांक प्रकाशित गर्छ।
इथोपियाले उक्त प्रतिवेदन जारीको होस्ट गरेकोमा धन्यवाद दिँदै यूएनडीपीकी प्रमुख
हेलेन कलर्कले भनिन्, ‘दिगो विकास, समावेशी, आर्थिक वृद्धि र सबैलाई कामका लागि यो प्रतिवेदन
एक सूचक बन्ने गर्छ।’
- ई-कान्तिपुर
कति छ निजामती कर्मचारीहरुको तलव
निजामती कर्मचारीहरुको तलव सुविधा कति होला । अर्थमन्त्रालयले एक वर्षअघि तोकेको तलव अनुसार निजामती कर्मचारीको सबैभन्दा ठूलो पद मुख्य
सचिवको तलव एक महिनाको ४३ हजार ६ सय ७० रुपैयाँ छ । सचिवले प्रत्येक महिना ४१ हजार १३० रुपैयाँ बुझ्छन् ।
सहसचिवले ३२ हजार १ सय २० उपसचिवले २७ हजार ३ सय ७० र शाखा अधिकृतले २४
हजार ४ सय रुपैयाँ पाउँछन् । मूख्य सचिव, सचिव र सहसचिवले सवारी, त्यसको चालक र पेट्रोल, डिजेल सुविधा पनि पाउँछन । नायव सुब्बाको १८ हजार
८ सय रुपैयाँ र खरिदारले १७ हजार ७ सय ३० पाउँछन् ।
अब सरकारी सेवामा नयाँ दरबन्दी नखुल्ने
सरकारले अब निजामती सेवामा नयाँ दरबन्दी सिर्जना
गर्ने प्रक्रिया रोक्ने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
मुलुक संघीय प्रणालीमा जान लागेकाले सरकारले
पुरानो संरचनाअनुसारको दरबन्दी थप्ने प्रक्रिया रोक्न लागेको हो। सामान्य प्रशासन
मन्त्रालयका सचिव टंकमणि शर्माले मुलुक संघीयतामा जाने निश्चित भएकाले कर्मचारीको
नयाँ दरबन्दी सिर्जना प्रक्रिया रोकिएको बताए ।
हरेक मन्त्रालय र निकायले आवश्यक कर्मचारी
व्यवस्थापन र दरबन्दी थपको प्रस्ताव सामान्य प्रशासन मन्त्रालयमा गर्ने गर्छन् ।
सचिव शर्माले विभिन्न मन्त्रालय तथा निकायले कर्मचारी थपका लागि अर्गनाइजेसन एन्ड
म्यानेजमेन्ट (ओ एन्ड एम) सर्भेको प्रस्ताव गरेका छन् । तर, ती सबै प्रक्रिया हाल रोकिएको शर्माले जानकारी
दिए ।
आज निजामतीसेवा दिवस : यस वर्ष पनि सरकारले पाएन सर्वोत्कृष्ट कर्मचारी
२०७२ सालको निजामती सेवा दिवसको नारा "निजामती सेवाको
सपनाः समृद्ध नेपालको रचना" भन्ने तय गरिएको छ । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए
पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।
विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन
प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष
निजामति दिवस मनाउन थालिएको हो ।
विश्वकै होचा चन्द्रबहादुर डाँगीको निधन
काठमाडौं : विश्वकै होचो मानिसका रुपमा गिनिज बुक
वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भएको छ ।
कार्यक्रमका क्रममा अमेरिकामा रहेका डाँगी अचानक
अस्वस्थ भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
दाङ घर भएका उनको उपचारकै क्रममा अमेरिकाको
ल्योन्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा शुक्रबार मध्यान्ह निधन भएको हो ।
निजामती कर्मचारीको उमेर हद ६० बनाउन पहल
निजामती कर्मचारीको
उमेर हद ५८ बाट बढाएर ६० पुर्याउन सरकारले निजामती सेवा ऐनको पाँचौ संशोधनको प्रक्रिया
अगाडि बढाएको छ। यसका लागि सामान्य प्रशासन मन्त्रालयले आवश्यक राय परामर्शका लागि
कर्मचारी ट्रेड युनियनहरुसँग पनि सुझाव मागि गरिसकेको छ।
चालू आर्थिक वर्षको
बजेट वक्तव्यमा निजामती कर्मचारीको उमेर हद बढाउने सरकारको योजनालाई सार्थक पार्न
र योगदानमा आधारित निवृत्तिभरण कोण बनाउने मुख्य दुई विषयलाई ऐनमा संशोधन गर्न
ऐनको पाँचौ संशोधनको तयारी गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
नेपालीको औसत आयु
बढेका कारण ६० वर्षसम्म सहजै कायमगर्न सक्ने र लामो समयसम्म राष्ट्रसेवा गरिसकेका
व्यक्तिको योग्यता, अनुभव राज्यका लागि उपयोगी हुने कारण देखाउँदै सरकारले
कर्मचारीको उमेर हद बढाउने गरी ऐन संशोधनको विधेयक संसदमा लैजाने तयारी
गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रुपनारायण भट्टराईले बताए । गोरखापत्र दैनिकमा खबर छ ।