नेपालमा
भौगोलिक बनोटका आधारमा पाँच किसिमको हावापानी पाइन्छ । जसलाई निम्न अनुसार लेख्न
सकिन्छः-
१) उपोष्ण मनसुनी हावापानी (Sub-tropical Monsoon Climate) : समुद्र सतहदेखि करीव १२००
मिटरसम्मको उचाइमा पर्ने तराई‚ भावर‚ दुन‚ भित्रि मधेश‚ टार आदि भागमा यो जलबायु
पाइन्छ । यस हावापानीमा गर्मीमा १५ डिग्री से. देखि ४० डिग्री से. सम्म तापक्रम
हुन्छ । बर्षायायमा २०० सेन्टिमिटर भन्दा बढी बर्षा हुन्छ ।
२) न्यानो समशितोष्ण मौसमी हावापानी (Warm Temperate
Monsoon Climate) : यस प्रकारको जलवायु चुरे पर्वतको माथिल्लो भाथ
महाभारत क्षेत्रमा पाइन्छ । समुद्र सतहदेखी १२०० देखी २१०० मिटर सम्मको उचाइँमा
रहने यस क्षेत्रमा गर्मीमा २४ डिग्री से. देखी ३० डिग्री से. सम्म तापमान हुन्छ ।
बर्षामा १२५ सेन्टिमिटरसम्म वर्षा हुन्छ ।
३) ठण्डा समशितोष्ण हावापानी (Cold Temperate
Climate) : यस प्रकारको हावापानी महाभारतको उच्च भाग र हिमालको
तल्लो भाग २१०० देखी ३३०० मिटरसम्मको उचाइँमा पाइन्छ । यस क्षेत्रमा तापक्रम
गर्मीमा १५ देखी २० डिग्री से. तथा बर्षा १०० सेमीभन्दा कम हुन्छ । भने हिउँदमा
तापक्रम शुन्य डीग्रीसम्म हुन्छ ।
४) लेकाली हावापानी (Alpine Climate) : हिमरेखामुनिको भाग र भित्री हिमालयमा ३३०० मिटर
भन्दा माथि र ५००० मिटरभन्दा तलको हावापानी हुने यस जलवायुमा बैशाख जेठमा १० देखी
१५ डिग्री से. सम्म तापक्रम पुग्छ र वर्षा भर वर्षभरीमा करिव ४० सेमी सम्म हुन्छ ।
५) हिमाली हावापानी (Himalayan Climate) : यस प्रकारको हावापानी हिमरेखाभन्दा माथि हुन्छ ।
यहाँ वर्षभरी नै हिउँले ढाकेको हुन्छ । ५००० मिटरभन्दा माथि यस प्रकारको हावापानी
पाइन्छ ।